

-
काठमाडौं : सरकारले बालिकालाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी गरेको छ ।
चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन नामको एचपीभी भाइरसविरुद्धको २० हजार मात्रा खोप नेपाल भित्रिएकाले ९ देखि १४ वर्ष उमेरका बालिकालाई खोप लगाउने तयारी भएको हो ।
तर, कहिलेदेखि खोप लगाउने भन्ने टुंगिएको छैन । अहिले २० हजार मात्रा मात्रै आएकाले कसलाई प्राथमिकतामा राख्ने भन्ने पनि टुंगिसकेको छैन ।
यो खोप टेकुमा रहेको भण्डारणमा राखिएको छ । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमका अनुसार यो खोप दुई मात्रा लगाउनु पर्छ ।
पहिलो मात्रा लगाएको ६ महिनापछि अर्को मात्रा लगाउनु पर्छ । अहिले आएको २० हजार मात्राले १० हजार बालिकालाई मात्रै खोप दिन पुग्छ ।
केही मात्रा खेर जाने सम्भावना पनि हुन्छ । यसले गर्दा खोप लगाउने बालिका छनौट गर्न स्वास्थ्य मन्त्रालयलाई चुनौती छ । यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको पनि डाक्टर गौतमले बताए ।
खोप कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाइसकिएकाले केही दिनभित्र निर्णय हुने उनले जानकारी दिए ।
डाक्टरका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ ।
ह्युमन प्यापिलोमा भाइरस एचपीभी विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए पाठेकघरको मुखको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओको तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा धेरैलाई पाठेघर मुखको क्यान्सर हुन्छ । यसकै कारण वार्षिक २ हजार जनाको ज्यान जाने गरेको छ।
केही वर्षअघि यो खोपको प्रभावकारिता बारेमा अध्ययन गर्न चितवन र कास्कीमा खोप वितरण गरिएको थियो ।
News Desk 0 response बुधबार, असार २०, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


