• दाङ : दाङको बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

    ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमबहादुर सुनारले जानकारी दिए ।

    बबई गाउँपालिका वडा नम्बर १ मलईबाट घर फर्कने क्रममा बबई नदीमा डुबेर युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।