

-
मकवानपुर, १८ असार :
बागमती प्रदेशसभामा विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । आज अपराह्न बसेको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल शुरु भएको हो ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाउनुभएको जिज्ञासाप्रति उत्तर दिँदै सरकारले आगामी आव २०८०/८१ का लागि ल्याएको बजेट सन्तुलित र समानुपातिक एवं व्यावहारिक भएको दाबी गर्नुभयो । बजेट सफलापूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै प्रतिपक्षले उठाएका मागलाई सम्बोधन गर्ने बताए ।
मन्त्री लामाले बजेट प्रस्तुतका क्रममा देखिएका केही कमीकमजोरी र अव्यावहारिक पक्षलाई आत्मसमीक्षा गरेर अगाडि बढ्ने जानकारी दिए । उहाँले प्रतिपक्ष दलहरूले उठाएका मागहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको र केही समयभित्रै ती मागलाई बजेटको किताबमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री लामाले बजेटले कृषि उत्पादन, गुणस्तरीय शिक्षाको विकास र स्वास्थ्य उपचार सेवालाई गुणात्मकरूपमा प्रदेशको हरेक अस्पताललाई स्तरोन्नति गरी अगाडि बढाउन प्रयास गर्ने उल्लेख गरे । उहाँले प्रदेश सरकार दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशको राष्ट्रिय गौरवको आयोजना एवं विपन्न जनतालाई आर्थिक आत्मनिर्भर तुल्याउने र भौतिक पूर्वाधारको विकासलाई सहजीकरण गरी समान व्यवहारका साथ योजनाको बाँडफाँट गरी कार्यान्वयन गर्दै लैजाने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री लामाले आजै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), प्रतिपक्ष दल राप्रपा र नेमकिपासँग मुख्यमन्त्री र आफू बसेर बजेटको विभेद् हटाएर थप योजनाहरू समावेश गरी क्रमिकरूपमा प्रदेशमा कार्यान्वयन गर्दै लैजाने सहमतिका साथ संसद् अवरोध टुङ्गिएको बताए ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारद्वारा ल्याएको विनियोजित बजेट अव्यावहारिक र राजनीतिक स्वार्थमा आधारित भएकाले विरोध गरेको स्पष्ट पारे । थपलियाले प्रतिपक्षहरूले उठाएका योजनालाई क्रमशः सरकारले बजेट पुस्तिकामा समावेश गरी कार्यान्वयन गर्दै लैजाने विश्वास गरी आजदेखि प्रदेश सरकार र प्रतिपक्ष दलसँग सहमति भएको उल्लेख गरे ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले संसद्लाई नियमित सञ्चालन गरी बजेटलाई पारित गर्नका लागि संशोधन गर्नुपर्ने बताए । थापाले सहमति गरेर आवश्यकताअनुसार बजेट कार्यान्वयनमा लैजानुपर्ने तर्क दिए ।
नेमकिपाका सदस्य सृजना सँैजूले सरकारले ल्याएको बजेट सन्तुलित र परिपक्व ढङ्गबाट सार्वजनिक हुन नसकेको भन्दै चिन्ता व्यक्त व्यक्त गरे । सँैजूले प्रदेश सरकार जनताप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै आत्मसमीक्षा गरेर बजेट कार्यान्वयन पक्षलाई दरिलो र प्रभावकारी बनाउन सुझाव दिए ।
उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री लामाले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गरे ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक असार १९ गते मङ्गलबार अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । आजको बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको भए पनि सरकार र प्रतिपक्षको वार्ता लम्बिएपछि ढिला गरी छलफल सुरु भएको थियो ।
News Desk 0 response सोमवार, असार १८, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



