• काठमाडौं : काठमाडौं महानगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न क्षेत्रमा फूललगायत विभिन्न जातका बिरुवा रोप्न थालेको छ ।

    यसै सिलसिलामा महानगरपालिकाको वडा नम्बरं २८ ले बागबजार क्षेत्रमा रहेका गमलासहित फूल तथा अन्य बिरुवा रोपिएको छ ।

    भृकुटीमण्डप, राष्ट्रिय सभागृह रोड, शङ्करदेव क्याम्पस रोड, बागबजार क्षेत्र महाँकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो ।

    महानगरपालिकाको वडा नम्बर २८ का वडासचिव मोक्षप्रसाद दुलालले वडाले एक सय ५५ वटा गमलासहित धुपी, समी, कपुर तथा फूलको बिरुवा रोपेको जानकारी दिनुभयो ।

    उनका अनुसार महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत अहिलेसम्म ६ सय बिरुवा रोपिसकेको र सडक छेउछाउमा भने गमलामा बिरुवा राखिएको छ ।

    अभियान गएको जेठदेखि सुरु भएको हो । महानगरपालिकाले यसअघि हरित विद्यालय अभियानसमेत शुरु गरेको थियो ।