• आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक बहुमत वाट पारित भएको छ । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो ।

    जुन प्रतिनिधिसभाको बहुमत हो । नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको यो पहिलो घटना हो । योसँगै नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको नजिर दर्ज भएको छ । यस अघि यो प्रकारको मतदान भएको थिए ।

    प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।