

-
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ सिमराहाबाट सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीचौकी काचनबाट खटिएको प्रहरी गस्ती टोलीले भारत विहारका २० वर्षीय जीतेन्द्रकुमार यादव र २२ वर्षीय शङ्कर यादवलाई पक्राउ गरेको जनाएको छ ।
नेपाल–भारत सीमा छेउमा बिआर ३२ वाई ४२६५ नम्बरको मोटरसाइकल पार्क गरी कुरा गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार शङ्करले हातमा बोकेको झोलाबाट नाइट्राजेपाम ट्याब्लेट १० पत्ता (१०० वटा) र डाइलेक्स–डिसी १० बोतल फेला परेको छ । यसैगरी जीतेन्द्रको साथबाट १०/१० वटा डाइजेल्याब इन्जेक्सन, नोफिन इन्जेक्सन र फेनारगन इन्जेक्सन फेला परेको छ । दुवै जना भारतीय नागरिकविरुद्ध लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले बताउनुभयो ।
लागुऔषधसहित युवक पक्राउ
सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित लोकमार्गबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ११ का २० वर्षीय दिनेश चौधरी १५ वटा लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१प ८१४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी सामान्य घाइते भएका थिए । चौधरीको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
नाइट्रोजन ट्याब्लेट र मोटरसाइकलसहित चौधरीलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
-
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



