

-
वीरगञ्ज । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले उपभोक्ताहरुको मागअनुसार टर्की चराको उत्पादन गर्न नसक्दा यसको मासु खाने पौरखीहरु यसको मासु खानबाट वञ्चित भएका छन् । खानमा स्वादिलो तथा पौष्टिक तत्व प्रचुर मात्रामा रहेकाले यसको माग बढ्दै गए पनि केन्द्रले मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेपछि यसको मासु खाने पारखीहरु वञ्चित भएका छन् ।
सरकारी स्तरमा टर्की चराको उत्पादन गर्ने एकमात्र केन्द्रले स्रोत साधनको कमी तथा जनशक्तिको अभावको कारण मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेको प्राविधिक अधिकृत विकेद जिसीले बताउनुभएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा सो केन्द्रले एक लाख २५ हजार मूल्य बराबरको टर्की चरा बेचेका थिए ।
यस टर्की चराको मासुमा शीत भण्डारण कम हुने भएकाले यसको मासु बिरामीले पनि खाने हुने भएकाले यसको माग बढ्दै गएको छ । केन्द्रले सन् २००१ देखि टर्की चराको उत्पादन गर्दै आएको र यहाँबाट उत्पादित टर्की चरा व्यापारीले नेपाल अधिराज्यभर लाने गरेको छ । अहिले फार्मभित्र १५० वटा मासु टर्की रहेको छ । फागुनदेखि भदौ महिनासम्म टर्कीको चल्ला उत्पादन हुने गरेको केन्द्रका क्षेत्रीय प्रमुख केशवप्रसाद श्रेष्ठले बताउनुभयो ।
कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको यो केन्द्रले विभिन्न प्रकारका धानको मूल बीउ उत्पादन गर्दै आइरहेको छ । यहाँबाट उत्पादित धानको मूल बीउ बजार भाउभन्दा कममा बिक्री हुने भएकाले किसान आकर्षित हुँदै आएका छन् । यहाँबाट उत्पादित मूल बीउले राम्रो उत्पादन दिने तथा सरकारी दरभाउमा बिक्री हुने गरेकाले किसान यसतर्फ आकर्षित भएका हुन् । फार्ममा ३० बिगाहा क्षेत्रफलमा धानको बीउ उत्पादन हुने गरेका छन् । रासस
News Desk 0 response शनिबार, मंसिर २८, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



