

काठमाडौंमा कानून खोज्दै जिल्ला समन्वयका पदाधिकारी
जिल्ला समन्वयमा छ जनाको दरवन्दी रहेको वताउँदै उनीहरुले अहिलेको अवस्थावाट केही उपलब्धि नहुने गुनासो गरे
-
काठमाडौं ।
जिल्ला समन्वय समितिलाई अधिकारवाटै बञ्चित गराईएको भन्दै उनीहरुले आफ्नो लागि अनुकुल कानून निर्माण गरिदिन कानून तथा न्याय मन्त्री समक्ष अनुरोध गरेका छन् । वाईस वुँदे मस्यौदा नै तयार गरेर जिल्ला समन्वय समिति महासंघको तर्फवाट कानूनमन्त्री शेरवहादुर तामाङलाई ध्यानाकर्षण गराएका हुन् । काम कर्तब्य र अधिकार,पारिश्रमिक र मर्यादाक्रमका वारे समस्या रहेको भन्दै उनीहरुले आर्थिक अधिकारको मागसमेत गरेका छन् । जिल्ला समन्वय समितिलाई समन्वय गर्ने भनिएको तर काम कर्तब्य र अधिकारका वारे नै स्पष्ट नभएका कारण अहिले पनि केन्द्रीय मन्त्रालयमा अधिकार खोज्दै आउनु परेको समन्वय महासंघकी अध्यक्ष सीता सुन्दासले वताईन् । समन्वय गर्न भनेपनि रिपोर्ट बुझाउने निकायसमेत उल्लेख नभएको सुन्दासको भनाई छ । सवै भन्दा धेरै समस्या त कर्मचारीका कारण भएको उनीहरुको भनाई छ । दक्ष प्राविधिक नभई अनुगमनसमेत गर्न समस्या परेको तथा जिल्लाका बिषयगत कार्यालय स्थानान्तरण हुँदा कर्मचारी ब्यवस्थापनको बिषयमा समस्या परेको महासंघका प्रबक्ता नवराज गेलालले वताए ।
अहिलेसम्म कोष सञ्चालन गर्नसमेत नपाएका समन्वय समितिले हचुवाका भरमा रहनु परेको उनीहरुको भनाई छ । जिल्ला समन्वयमा छ जनाको दरवन्दी रहेको वताउँदै उनीहरुले अहिलेको अवस्थावाट केही उपलब्धि नहुने गुनासो गरे । बिगतमा जिल्ला विकास समितिले गरेका काम सञ्चालन गर्नसमेत समस्या परेका कारण यसलाई कानूनी रुपमा समाधान गर्न उनीहरुले कानूनमन्त्री समक्ष आग्रहगरेका छन् । कानूनमन्त्री शेरवहादुर तामाङले जिल्ला समन्वय समितिलाई अधिकार दिने बिषयमा आफू सधै सकारात्मक रहेको वताए । संबिधानसभाको बिषयगत उपसमितिमा आफू रहेको र समन्वय समितिलाई आर्थिक अधिकार दिने एजेण्डा नै आफूले राख्न जोड गरेको स्मरण गर्दै मन्त्रीले २२ वटा नमुना कानून एकहप्ता भित्र प्रदेशसभामा पठाईसक्ने भएकाले त्यहाँ पनि दवाव दिन आग्रह गरे । मन्त्रालयले तयार गरेको नमुना कानूनमा जिल्ला समन्वयका अधिकारका वारे स्पष्ट उल्लेख गरिएको छ । समन्वय समितिलाई स्थानीय तहमा संकलन भएको राजस्वका केही प्रतिशत दिनु पर्ने बिषय उल्लेख पनि गरिएको छ । यो वेला सक्रमणका काल भएका कारण पनि काम गर्न समस्या भएको हुन सक्ने वताउँदै जग हाल्ने वेलामा डटेर लाग्नु पर्ने मन्त्रीको भनाई थियो ।
News Desk 0 response मङ्लबार, चैत्र २७, २०७४
सो अवसरमा समन्वय महासंघका पदाधिकारीकारीले अनुगमनपछि मुल्यांकन,नियमन, र नियन्त्रका अधिकार नपाएसम्म समन्वय समिति गठनको औचित्य पुरा नहुने मन्त्री समक्ष राखेका थिए ।

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



