

-
काठमाडौँ । नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला आजदेखि यहाँ शुरु भएको छ । मङ्सिर २९ सम्म सञ्चालन हुने भेलामा अमेरिका, जापान, बङ्गलादेश, भारत, बेलायत, श्रीलङ्का, स्पेन, रुस, नेपालसहित विभिन्न मुलुकका ९६ विज्ञले आ–आफ्ना मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेशभूषा आदि ८६ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालसहित विभिन्न मुलुकका कला, संस्कृति, लोकबाजा, जातजाति, वेषभूषा आदि लोकसंस्कृतिको चिनारी तथा आदानप्रदान हुने अन्तर्राष्ट्रिय लोकवार्ता भेला आफैँमा दूरगामी महत्व रहेको बताउँदै यसबाट नेपालमा लोप हुने अवस्थामा रहेका लोकसंस्कृति तथा कलालाई उजागर गर्न सहयोगी हुने विचार व्यक्त गर्नुभयो ।
विसं २०२७ मा कर्णालीको लोकसंस्कृतिका बारेमा आफूले नेतृत्व गरेको पाँच सदस्यीय टोलीले त्यहाँको मौलिक संस्कृतिलाई उजागर गरेको र त्यसलाई मदन पुरस्कार प्राप्त भएको उहाँले स्मरण गर्नुभयो । जोशीले विदेशी प्रविधि भित्रिएसँगै नेपालमा रक्सी उत्पादन गर्ने, तेल पेल्नेजस्ता प्राचीन तथा मध्यकालीन प्रविधि हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै यसलाई कमसेकम सङ्ग्रहालयमा राखेर यसका बारेमा जान्न चाहनेलाई सिक्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले थप्नुभयो, “नेपालको संस्कृति मन्त्रालयभित्र एउटा छुट्टै सांस्कृतिक महाशाखा गठन गरी देशको सांस्कृतिक वैभवलाई उठाउनुपर्छ । नेवार समुदायमा थुप्रै यस्ता सांस्कृतिक वैभव रहेको र कतिपय संस्कृति तथा प्रविधि लोप पनि भइसकेको छ ।’’ बौद्ध धर्मगुरु स्याल्पा तेञ्जिन रिन्पोचेले प्रकृति निर्मित लोकसंस्कृतिले मानिसलाई शान्तिपूर्वक बाँच्न सिकाउने चर्चा गर्दै विश्वभरिका लोकसंस्कृतिविद्को जमघट भएको यो भेलाले नेपालको लोकसंस्कृतिको विकास तथा उत्थानमा महत्वपूर्ण देन दिने बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीको छुट्टै संस्कृति तथा इतिहास रहेको र विश्वभरका मानवजातिलाई शान्ति प्राप्ति तथा अनुसन्धानका लागि खुला पाठशाला भएको विचार व्यक्त गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशको मौलिक संस्कृति, कला, जातजातिको पहिचानको उत्थान तथा विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै नेपालको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस्तो कार्यक्रमले विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकाको संस्कृति तथा कला विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य भएको उहाँको भनाइ थियो ।
समाजका अध्यक्ष तुलसी दिवसले नेपालमा रहेका विभिन्न कला, संस्कृति, वेशभूषा तथा जातजातिको पहिचानलाई थप उचाइमा पु-याउन सन् २००१ देखि शुरु भएको यस्ता भेलामा लोककथा, लोकगीत र लोकनृत्यको एक विशेष सत्र पनि रहेको बताउनुभयो । लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा मुख्य विषय रहेको भए पनि लोकवार्ता तथा विकास, लैङ्गिकता, सिर्जनात्मक लेखन काव्य, सांस्कृतिक सम्पदाको अध्ययन, कला, लोकभाषा, अमूर्त सांस्कृतिक सम्पदा, परम्परागत ज्ञानजस्ता १८ उपविषयमा सम्मेलनमा छलफल हुने कार्यक्रम रहेको समाजका महासचिव चूडामणि बन्धुले बताउनुभयो ।
नेपालमा विभिन्न बोलीचालीका १२३ भाषा तथा सांस्कृतिक पहिचान झल्काउने इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ जात्रा एवं काष्ठमण्डप, स्वयम्भू, बौद्ध, लुम्बिनी, कृष्णमन्दिर जस्ता अनेकौँ सांस्कृतिक सम्पदाहरु अनुसन्धानकर्ता तथा अन्वेषणकर्ताका लागि ज्ञान अभिवृद्धिका क्षेत्र हुने भेलामा जनाइएको छ ।
समाजले हालसम्म विभिन्न १० जातजातिको अध्ययन गरी पुस्तक प्रकाशित गरिसकेको र अन्य १२५ जातजातिको भाषाभाषी तथा संस्कृतिका बारेमा पुस्तक प्रकाशित गर्न सकेमा नेपालको संस्कृतिलाई थप उचाइमा पु¥याउन सकिने समाजले जनाएको छ । काठमाडौँ महानगरपालिका, नेपाल प्रज्ञा–प्रतिष्ठान र लोयल्टी एकेडेमीको सहकार्यमा जारी सम्मेलन तीन दिन चल्ने आयोजकले जनाएको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



