

-
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा पार्टी जनताका बीचमा लोकप्रिय भइरहने बताउनुभएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको २५औँ साधारणसभाको उद्घाटन कार्यक्रममा आज कीर्तिपुरमा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनःएकीकृत भएकाले यसको महत्व तथा जिम्मेवारी थप बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुष्पलालले पाँच जनाबाट शुरु गर्नुभएको कम्युनिस्ट पार्टी आज लोकप्रिय र विश्वासिलो शक्तिका रूपमा विकास भएको छ । जनताको बढ्दो अपेक्षा र भरोसालाई पूरा गर्न सबै तहका सरकारले पार्टीको घोषणापत्रअनुसार काम गर्नुपर्छ । जनताका आकाङ्क्षा र परिवर्तनको सपनालाई सार्थक पार्नु नै हाम्रो यतिबेलाको प्रमुख कार्यभार हो । यो कार्यभार राम्ररी पूरा गर्न सक्दा मात्रै संस्थापक महासचिव पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि ठहर्छ ।”
साधारणसभामा प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले हालसम्म भएका कामको विवरण पेस गर्नुका साथै आगामी वर्षका लागि कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । प्रतिष्ठानले आगामी वर्ष संस्थापक महासचिव पुष्पलालको आधिकारिक जीवन प्रकाशन गर्ने, पार्टी स्थापनादेखि सबै महाधिवेशनलाई समेटेर ऐतिहासिक तस्वीर सङ्ग्रह प्रकाशन गर्ने, निर्माणाधीन पुस्तकालय भवनलाई पूर्णता दिने, रामेछापको भँगेरीमा पुष्पलालको पूर्णकदको शालिक स्थापना गर्ने, कम्युनिस्ट आन्दोलनका दस्तावेजको छैटौँ सङ्ग्रह प्रकाशन गर्ने, मुखपत्रका रूपमा नयाँ जनवाद प्रकाशन गर्ने जस्ता कार्यक्रम तय गरेको प्रतिष्ठानका सचिव विष्णु रिजालले जानकारी दिनुभयो । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



