

-
चिप्लेढुङ्गा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गण्डकी प्रदेशबाट लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरिने बताउनुभएको छ । आज लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्रतिबद्धता विषयक प्रदेशस्तरीय अभियान कार्यक्रममा मन्त्री गुरुङले हिंसा न्यूनीकरणका लागि गण्डकी प्रदेशबाट महत्वपूर्ण सुझावहरु सङ्कलन गरेर कार्य थालिने बताउनुभयो ।
उहाँले लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान २०७६/७७ लाई प्रभावकारी बनाएर विशेष योजनामार्फत अघि बढिनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशबाट हिंसा विरुद्धको अभियानमा प्रदेश कार्यालयसँग समन्वय गर्दै समस्याको पहिचानमार्फत प्रभावकारी तरिकाबाट काम थाल्नेछौँ ।” उहाँले विस्तृत अध्ययनपछि मात्रै थप कुरा सार्वजनिक गरिने बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिला हिंसा सामाजिक विकासको बाधक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सभ्य समाजका लागि हिंसा सबैभन्दा ठूलो बाधक हो । सबैभन्दा पहिला कुरीति र कुसंस्कारको अन्त्य गर्न जरुरी छ ।” उहाँले शिक्षा र सचेतनामार्फत हिंसा न्यूनीकरणमा प्रदेशले जोड दिने बताउनुभयो ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हिंसा अन्त्यका लागि कानून कार्यान्वयन नै महत्वपूर्ण हुने भनाइ राख्नुभयो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्थानीय तहबाटै लैङ्गिक हिंसालगायतका समाजमा विद्यमान विभिन्न कुरीतिजन्य हिंसा निवारण गर्न स्थानीय तहदेखि नै निर्देशिका बनाएर कार्य गरिने बताउनुभयो । महिला हिंसाको विषय शब्दबाट भन्दा पनि व्यवहारबाट नहटाएसम्म पीडितले न्याय पाउन नसक्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६ को वार्षिक कार्ययोजनासम्बन्धी सहसचिव श्री रुद्रादेवी शर्माले प्रस्तुति राख्नुभएको थियो । शर्माको प्रस्तुतिमाथि विभिन्न समूहगत छलफल गरेर महत्वपूर्ण सुझाव सङ्कलन गरिएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सामाजिक सङ्घसंस्थाका व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


