

-
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा आज राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले नागरिकको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।
गृहमन्त्री थापाले भन्नुभयो, “नेपाल ‘समृद्ध नेपाल: सुखी नेपाली’को अभियानमा छ, मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ ।” उहाँले मानव अधिकार आयोगले कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेर पठाएका निर्णयहरु केही कार्यान्वयन गरेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । गृहमन्त्री थापाले सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउनका लागि ऐन संशोधनको अन्तिम तयारीमा रहेको र छिट्टै ऐन संशोधन हुने विश्वास दिलाउनुभयो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले बाल विवाह, महिला हिंसा, मानव बेचबिखन यथावत रहेको, पीडितहरूको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसकेको र समाजमा जातीय भेदभाव विद्यमान रहिरहेको बताउनुभयो ।
आयोगले स्वास्थ्य सेवामा सबैको पहुँच नभएकाले नै संविधान प्रदत्त मौलिक हक अझै सहजरूपमा नागरिकले उपभोग गर्न नसकेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यकलगायतका तप्कालाई राज्यले विशेष ध्यान दिन नसकेको आयोगले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


