

-
काठमाडौँ । हवाई यातायात व्यवसायीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएको छ ।
सङ्घ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईबीच आज सिंहदरबारमा भएको छलफलमा सङ्घका पदाधिकारीले उक्त प्रतिबद्धता जनाएका हुन् । मन्त्री भट्टराईले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको हवाई क्षेत्रको भ्रमण वर्षलाई फलदायी बनाउन महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको थियो ।
मन्त्रीको सहयोगको आह्वानप्रति प्रतिबद्धता जनाउँदै वायुसेवा सञ्चालकले सहयोग र सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका उहाँको सचिवालयले जनाएको छ । पर्यटनमन्त्री र सङ्घका पदाधिकारीबीचको छलफलमा वायुसेवा सञ्चालकले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग तथा सहभागिताको प्रतिबद्धता जनाएका थिए । छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीका विषयमा जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षाबारेमा धारणा राख्नुभएको थियो ।
मन्त्री भट्टराईले वायुसेवा सञ्चालकलाई नेपाल भ्रमण वर्षका सन्दर्भमा विशेष छुट, प्याकेजलगायतका कार्यक्रम बनाउन आग्रह गर्नुभएको थियो । यसैगरी उहाँले भ्रमण वर्षको उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्नका लागि अनुरोध गर्नुभएको थियो । सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा सञ्चालककातर्फबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
उहाँले भ्रमण वर्ष अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने मागसमेत राख्नुभएको थियो । यसैगरी काठमाडौँदेखि रामेछापसम्मको सडक स्तरोन्नतिका लागि अनुरोध गर्नुभयो । सङ्घका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रालीका योगराज कँडेल शर्मालगायतले भ्रमण वर्षलाई सफल बनाउन वायुसेवा कम्पनीको सहयोग रहने बताउनुभएको थियो । विदेशी विशिष्ट व्यक्तित्व र सेलीब्रेटीलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसका विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, पर्यटन बोर्ड र वायुसेवा सञ्चालक सङ्घ, नेपाल रहेको समिति पनि बनाइएको छ ।
छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० का विषयमा छलफललाई तीव्र बनाउनुभएको छ । उहाँले यही मङ्सिर १८ गते नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखसँग नेपाल भ्रमण वर्षबारे छलफल गर्नुभएको थियो । यसैगरी यही मङ्सिर १९ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनवर्गीय सङ्गठनका अध्यक्षसँग छलफल गर्नुभएको थियो । रासस
News Desk 0 response सोमवार, मंसिर २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


