

-
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताएका छन्।
मन्त्रालयमा पत्रकार भेटघाटमा मन्त्री तामाङले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताए।
‘राजनीतिक निर्वाचनमा भोट हालेका योग्य मान्छे छन् भने पनि न्यायाधीशमा नियुक्त हुन सक्छ’, उनले भने, ‘तर त्यो नियुक्तिपछि त्यस्ता व्यक्तिले स्वतन्त्र ढंगले काम गर्नुपर्छ।’
मन्त्री तामाङले न्यायाधीशलाई इजलासमा बसेर ढुक्कका साथ फैसला गर्ने वातावरण बनाइने स्पष्ट पारे। उनले भ्रष्टाचार निवारण ऐन २०५९ र न्यायपरिषद् ऐनलाई संशोधन गरी सांसद, स्थानीय जनप्रतिनिधि र न्यायाधीशले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउन थालिएको समेत जानकारी दिए। उनले न्यायाधीशको उमेर सम्बन्धमा विवाद नआओस् भनेर अहिलेका न्यायधीशका जन्ममितिको फाइल हेरिने बताए।
फैसलापछि फैसलाको पूर्णपाठ आउन महिनौँ लाग्ने परम्पराको अन्त्य गरिने उनको भनाइ थियो। ‘न्यायालयमा जनशक्ति थपेर फैसलाको पूर्णपाठ अब १० देखि १५ दिनभित्र उपलब्ध गराउने योजना छ’, उनले भने, ‘फैसला भए पनि पीडितले न्याय नपाउने भन्ने कुराको अन्त्य गरिनेछ।’
मन्त्री तामाङले विकास आयोजना चाँडो सम्पन्न गर्न त्यससम्बन्धी मुद्दा चाँडै टुंग्याइनेबारे पनि छलफल भइरहेको जानकारी दिए। (रासस)
News Desk 0 response सोमवार, चैत्र २६, २०७४

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



