

-
विराटनगर । आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ९८ करोड १९ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ ।
यो लक्ष्यको तुलनामा रु ७६ करोड ६४ लाख ४८ हजार कम हो । उक्त अवधिका लागि कार्यालयलाई रु दुई अर्ब ७४ करोड ८४ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।
उहाँले अन्तःशुल्क घटेकै कारणले लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको बताउनुभयो । यसैगरी अन्तःशुल्कतर्फ रु एक अर्ब ४४ करोड १४ लाख ५७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा उक्त अवधिमा रु ६१ करोड ४८ लाख ७४ हजार मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ ।
विकास निर्माणको काम ढिलो गतिले हुनु, जग्गाको कारोबार नहुनु र मादकपदार्थको बिक्रीमा पनि कमी आउनुजस्ता कारणले राजस्व असुली कम भएको प्रमुख सापकोटाको भनाइ छ ।
उक्त अवधिमा आयकरतर्फ रु ७५ करोड ८४ लाख २८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ६० करोड ८३ लाख ८८ हजार, अन्तःशुल्कतर्फ रु ६१ करोड ४८ लाख ७४ हजार, स्वास्थ्यसेवा करतर्फ रु ५२ हजार तथा शिक्षा करतर्फ रु दुई लाख १४ हजार राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।
लक्ष्यको तुलनामा आयकरतर्फ १०६ दशमलव ४१ प्रतिशत र मूल्यअभिवृद्धि करतर्फ १०३ दशमलव ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको तर अन्तःशुल्कतर्फ लक्ष्यको तुलनामा ४२ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन हुनुले समग्र राजस्व सङ्कलनमा कमी आएको प्रमुख सापकोटाले बताउनुभयो ।
उहाँका अनुसार कार्यालयसँग आवद्ध भएका एक लाख ४३ हजार करदातामध्ये व्यापारिक उद्देश्यका करदाता ६१ हजार रहेका छन् । रासस
News Desk 0 response बुधबार, मंसिर १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



