

-
काठमाडौं : डढेलोका कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वायु प्रदूषण उच्च छ । उपत्यका आसपासका क्षेत्र र तराईका जिल्लामा डढेलोका घटना बढ्दा प्रदूषण बढेको हो । मौसमविद्को अनुसार अन्य क्षेत्रमा भन्दा काठमागौं उपत्यकामा प्रदूषण धेरै छ ।
उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको छ । पश्चिमी क्षेत्रबाट प्रदूषित हावा उपत्यका आउँदा मौसम खुल्न सकेको छैन । दिउँसोको समयमा केहीबेर हावा चले पनि डाँडाकाँडाका कारण प्रदूषण हट्न सकेको छैन । अहिले बुटवल, ललितपुरको पाटन, भक्तपुर, मध्यपुर थिमि, काठमाण्डौको रत्नपार्क, कीर्तिपुर र हेटौँडाको हावा निकै अस्वस्थकर छ ।
वायुको गुणस्तरको मात्रा एयर क्वालिटी इन्डेक्सका अनुसार यी क्षेत्रमा वायुको गुणस्तरले जोखिम तह नाघेको छ । शून्यदेखि ५० सम्मको मानलाई सामान्य अवस्था मानिन्छ । तर, बुटवलको २९२, पाटनको २३२, भक्तपुरको २२२, कीर्तिपुरको १९१, मध्यपुर थिमिको १८७, रत्नपार्कको १८६ र हेटौँडाको १७४ छ ।
वायुको गुणस्तरको मात्रा १५१ देखि दुई सयसम्म पुग्दा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यो मात्रा १०१ देखि १५० सम्म पुगे ज्येष्ठ नागरिक र बालबालिकालाई खोकी लाग्ने वा श्वास फेर्न गाह्रो हुने हुन्छ ।
यस्तै, संवेदनशील प्रकृति जस्तै मुटु र फोक्सो सम्बन्धी समस्या भएका बिरामीलाई पनि घातक हुन्छ ।
प्रदूषण बढेकाले विज्ञले काम नपरिसकेसम्म घरबाट बाहिर ननिस्कन सुझाव दिएका छन् । निस्कनै परे पनि मास्क र चश्मा लगाउन उनीहरुको सल्लाह छ । प्रदूषणको मात्रा उच्च पुगेको भन्दै वातावरण विभागले पनि सावधानी अपनाउन आग्रह गरेको छ ।
बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई बढी असर पर्न सम्ने भएकाले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन विभागका महानिर्देशक शिवलाल तिवारीको आग्रह छ । यस्तै, अन्य व्यक्तिले पनि घर बाहिर निस्कँदा सचेत अपनाउनु पर्ने उनको भनाइ छ ।
यस्तै, अवस्थामा डढेलो लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणमा ध्यान दिन विभागले आग्रह समेत गरेको छ । मौसमविद्ले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने बताएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र ३०, २०७९

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



