

-
काठमाडौं : भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि सुदूरपश्चिम क्षेत्रका सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि परीक्षणमा कडाइ गरिएको उनले बताए । यो महिना लागेपछि अहिलेसम्म भारतबाट फर्किएका ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण भइरहेको जोशीले बताए । नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
नयाँ वर्ष वैशाख १ गते नजिकिएसँगै कामका लागि भारत गएकाहरु फर्किन थालेका छन् । सङ्क्रमणको जोखिम रहेकाले उनीहरुको स्वास्थ परीक्षण हुन थालेको हो । जोखिम बढेपछि सीमा नाकाबाट फर्कनेलाई परीक्षणसँगै मास्क अनिवार्य लगाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न विज्ञले आग्रह गर्दै आएका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



