• काठमाडौं : पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी एक हजार एक सय २७ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ६६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ९८ जनामा झरेको छ ।

    यसैबीच २४ घण्टामा तीन हजार ६ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।