

अमेरिकाको अनुदान रकम कटाएर सचिवको भ्रमण, मन्त्रीपरिषदले रोकेको भ्रमणलाई बालुवाटारको फोन
खासमा नेपाललाई अमेरिकाले दिने अनुदान सहयोग रकमबाट कटाएर सूर्य गौतमहरू गएका थिए । सचिव तहको मान्छे तालिममा जाने कुरा सहजै पत्याइहाल्न मिलेन । यसर्थ युएसएडको मान्छेलाई बोलाई तालिममा गएका मान्छेहरूको सिकाई कस्तो रहेछ भनेर अनुगमन गर्ने निहुँ बनाउन लगाए । उनको भ्रमण स्वीकृति मन्त्रिपरिषद्बाट रोकिएको थियो । पछि बालुवाटारबाट फोन गराएर गइछाडे । तालिमबाट के सिके कुन्नी, तर गतहप्ता भूमिसुधार सचिव भएर गएका छन् ।
-
काठमाण्डौं ।
केही दिनअघि महालेखा नियन्त्रकको नेतृत्वमा स्वास्थ्य, शिक्षा, बित्त आयोगको टोली युएसएडको सहयोगअन्तर्गत अमेरिका गयो, तालिम लिने भन्दै । तालिम सकिएपछि एक डेढ हप्ता घुम्ने योजना थियो ।
तर, यताबाट भनियो, ‘बिदा स्वीकृत हुँदैन, छिटो फर्किएर आऊ ’ उनीहरू गए, भनिएकै मितिमा फर्किएर आए पनि । त्यहीबेला प्रधानसेनापति पूर्णचन्द्र थापा अमेरिका पुगेका थिए । न्युयोर्क, वासिङ्गटनका कार्यक्रम सिध्याएर साढुभाइलाई भेट्न बोस्टन जाने काम पनि सके । फर्किंदा एक दिनको बिदा छोट्याए ।
महालेखा परीक्षक टंकमणि शर्माका हकमा पनि त्यस्तै भयो । तर, युएसएडको पैसामा गएकालाई टुप्पी कसेर फिर्ता पठाइयो । छिट्टै फर्किएको सूर्य गौतमको टोलीसँग टंकमणिको कतारमा भेट भयो ।
खासमा नेपाललाई अमेरिकाले दिने अनुदान सहयोग रकमबाट कटाएर सूर्य गौतमहरू गएका थिए । सचिव तहको मान्छे तालिममा जाने कुरा सहजै पत्याइहाल्न मिलेन ।
यसर्थ युएसएडको मान्छेलाई बोलाई तालिममा गएका मान्छेहरूको सिकाई कस्तो रहेछ भनेर अनुगमन गर्ने निहुँ बनाउन लगाए । उनको भ्रमण स्वीकृति मन्त्रिपरिषद्बाट रोकिएको थियो ।
पछि बालुवाटारबाट फोन गराएर गइछाडे । तालिमबाट के सिके कुन्नी, तर गतहप्ता भूमिसुधार सचिव भएर गएका छन् । स्मरणीय छ, उनै सूर्य गौतमले सहसचिव हुँदा लोकसेवामा बिज्ञका रुपमा गएर आफ्नै श्रमतीको कापी जाँचेका थिए ।
यो बिषयमा सर्वोच्चमा मुद्धा पनि परेको थियो । सर्वोच्चका तत्कालिन न्यायाधीश दामोदर शर्माको ईजलाशले उनको कामलाई अबैध भनेर मुद्धा हराईदिएको थियो । उनको अबैध कामको पक्षमा पूर्वसभामुख सुवास नेम्वाङ,हालका सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीलगायतले वहश गरेका थिए ।
News Desk 0 response बुधबार, भदौ १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



