

-
कांग्रेस नेता राहुल गान्धीले आइतवार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको बताएका छन् ।
उनले भारतीय जनता पार्टी भाजपा र राष्ट्रिय स्वयंसेवक सङ्घ आरएसएस ले देशलाई विभाजित गरिरहेको आरोप लगाएका छन् । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिरहेको पनि उनले बताए ।
उनले भने, देशमा मुद्रास्फीति र बेरोजगारीको डर बढिरहेको छ र यसैका कारण भारतवासीमा सरकार र प्रशासनप्रति घृणा बढिरहेको छ ।
सम्बोधनका क्रममा उनले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट के गरिब, किसान वा साना व्यापारीले कुनै लाभ पाइरहेका छन् भनी प्रश्न गरे ।
उनले सभामा सहभागी दर्शकहरूतर्फ सङ्केत गर्दै भने, ‘एक किसिमले तपाईँ बेरोजगारीबाट प्रभावित हुनुभएको छ, यो भाजपा र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो ।’
उनले भने, ‘त्यसैगरी भारतीयहरू मूल्यवृद्धिको मारमा परेका छन् । नरेन्द्र मोदीले सत्तरी वर्षमा कांग्रेसले के गर्यो भनेर प्रश्न गर्नुभएको छ । सत्तरी वर्षमा कांग्रेसले देशमा यस्तो मूल्यवृद्धिको अवस्था आउन दिएको थिएन ।’
उनले थपे, ‘विपक्षीहरूले यो मुद्दा संसदमा उठाउन खोज्दा सरकारले यसलाई अनुमति दिएन । किसानको मुद्दा होस् वा चीनसँगको सरकार यसमा उदासिन छ ।’
सबै विपक्षी दल एकजुट भएर भाजपा र आरएसएसलाई परास्त गर्ने दिन आएको उनले बताए।
‘हामी चीनको आक्रमण, बेरोजगारी, महँगीबारे कुरा गर्न चाहन्छौँ तर भाजपाले हाम्रो पार्टीलाई रोकेको छ । मिडिया होस्, न्यायपालिका होस् वा निर्वाचन आयोग, सबै संस्थाहरू दबाबमा छन् । त्यसैले मानिसहरू कहाँ जाने एक मात्र बाटो बाँकी छ । यही कारण कांग्रेस भारत जोडौ यात्रा सुरु गर्दैछ ।’
‘यो विचारधाराको लडाइँ हो र भाजपा र आरएसएसलाई हराउन सबै विपक्षी दल एक साथ आउनेछन्’, राहुल गान्धीले भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशाल र्यालीलाई सम्बोधन गर्दै भने ।
देशमा महँगी, बेरोजगारी र वस्तु तथा सेवा करवृद्धिको विरोधमा कांग्रेसले आइतवार ‘मेहङ्गाई पर हल्ला बोल’ नामक विशाल र्याली निकालेको हो ।
News Desk 0 response आइतवार, भदौ १९, २०७९

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


