• युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युरोपका नागरिकको सामान्य जिन्दगीलाई तहसनहस गर्न चाहेको बताएका छन् ।

    शनिवार जेलेन्स्कीले आफ्नो नियमित सम्बोधनमा भने, रुसले जुन ठाउँमा मिसाइलले आक्रमण गर्न सक्दैन त्यहाँ उसले गरिबी र राजनीतिक अराजकताको सहारा लिइरहेको छ ।

    रुसले मर्मतका लागि भन्दै युरोपका लागि ग्यासको पाइपलाइन योजनाअनुसार फेरि नखुल्ने घोषणा गरेसँगै भोलोदिमिर जेलेन्स्कीको यो प्रतिक्रिया आएको हो ।

    रुस–युक्रेन युद्धको बीच रुसले युरोपलाई ब्ल्याकमेल गर्नका लागि ग्यासको सहारा लिइरहेको युरोपको आरोप छ । यद्यपि रुसले भने यी आरोपको खण्डन गर्दै आएको छ ।

    गएको फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आउँदो समयमा यसको मूल्य अझ बढ्न सक्ने अनुमान गरिएको छ ।