• काठमाडौं : काठमाडौं महानगरपालिकाले हैजा नियन्त्रण गर्न भन्दै सडकमा खानेकुरा बेच्न रोक लगाएको छ । हैजा दूषित पानी र खानेकुराबाट लाग्ने भएकाले महानगरले सडकमा खानेकुरा बेच्न रोक लगाएको हो । त्यसका लागि नेपाल प्रहरीसँग सहकार्य गर्ने मेयर बालेन्द्र शाहले बताए ।

    यस अघि लतिलपुर महानगरपालिकाले सडक छेउमा जथाभावी बेच्न राखिएका चट्पट्, पानीपुरी लगायतका खोनेकुरा हटाएको थियो ।यस्तै, काठमाण्डौ महानगरले होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ ।

    त्यस्तै चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सजिलो होस् भनेर महानगरपालिकाले आजदेखि २४ घण्टा हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको जनाएको छ । नागरिकलाई समस्या परे ११८० नम्बरमा फोन गरेर जानकारी लिन आग्रह गरिएको छ ।