

-
काठमाडौं । उषा के.सी.को दोस्रो कृति मुक्तकसङ्ग्रह ’माकुरी’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले के.सी. को आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.को आमाको जन्मदिनको अवशर पारेर सार्वजनिक गरिएको हो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कोनेले नेपाली मुक्तक क्षेत्रको विषयमा चर्चा गरे । कोनेले एक मुक्तकले एक महाकाव्य बोल्न सक्ने क्षमता राख्नुपर्ने बताए । पत्रकार तथा साहित्यकार राजन कार्कीले ’माकुरी’ कृतिका मुक्तक बाचन गरि लेखक के.सी.को लेखन यात्राका लागि शुभकामना व्यक्त गरे । आमाको नाममा कृति निकाल्नु हरेक आमाहरूका लागि सुखद कार्य भएको पनि कार्कीले बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले के.सी.को दोस्रो मुक्तक मुक्तकसङ्ग्रह निकै खारिएर आएको बताए । उनी साहित्य क्षेत्रमा जति मेहेनत गरिरहेकी छन् अन्य क्षेत्रमा समेत उतिकै मेहेनत गर्ने सर्जकका रूपमा आफूले नेपाल–भारत साहित्य महोत्सव आयोजना गर्दा नै थाहा पाएको बताए । कृतिको बारे बोल्दै प्रधानले माकुरी कृतिमा आम आमाहरूको आवाजमात्र नभइ समाज र देश पनि उत्तिकै ससक्त रूपमा मुक्तकमा बुलन्द बनेर आएको बताए ।
कृतिको समिक्षा वरिष्ठ समालोचक डा. गोविन्दमान सिंह कार्कीले गरेका थिए । समालोचक कार्कीले माकुरी कृति भित्रका मुक्तकका विविध पक्ष केलाएका थिए भने कृति संग्रहणीय रहेको बताए । कार्यक्रममा डा. दामोदर पुडाशैनी किशोरले माकुरी मुक्तक कृति जस्ता थुप्रै आमाहरूका आवाज अबका साहित्यले बुलन्द गर्नुपर्ने बताए । स्रष्टा समाजका अध्यक्ष पवन आलोकले लेखक के.सी.लाई तेस्रो कृति समेत आमाकै हातबाट लोकार्पण गर्ने अवशर मिलोस् भनि शुभकामना दिए । कार्यक्रममा मुक्तककार निशा के.सी र शान्ती शर्माले माकुरी कृतिका मुक्तकहरू वाचन गरेका थिए ।
कार्यक्रममा कृतिका लेखक के.सी.ले आफूले वाल्यकालमा भोगेको पीडा सुनाइन् । समाजमा विबाहपछि पनि महिलालाई हेयको दृष्टीले हेर्ने पद्दतीको सिकार आफू र आफ्नी आमा बन्नु परेको बताइन् । छोरा नहुँदा महिलाले भोग्नु पर्ने पीडालाई निलेर छोरीलाई पनि छोरासरह स्वतन्त्र हुन दिनुपर्छ भन्ने आमाको आदर्शको बाटोमा आफु रहेको पनि उनले बताइन् । के.सी.ले आफ्नै प्रकाशित मुक्तकसङ्ग्रह ’माकुरी’ कृतिभित्रबाट ’मुक्तक’ वाचन गरेका थिए । सो कार्यक्रममा केसीले आफु वाल्यकालमा मामाघर हुर्केको पढ्नको लागि धेरै संघर्ष गर्नु परेको बताइन् ।
कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कृतिकार के.सी. र उनका माता माकुरी पौडेलको दिर्घायुको कामना गर्दै अबका मुक्तकहरूले र अन्य साहित्यिक विधाहरूले मुलुकमा एमसीसी र एसपीपीको नाममा भइरहेको राष्ट्रद्रोह प्रति खबरदारी गर्न सबै सर्जकलाई आग्रह समेत गरे । लेकालीले मुलुकलाई नेताहरू युक्रेनको अवस्थामा धकेल्न खोजेकाले सबै सर्जकहरू अक्षरको हतियार लिएर लड्ने बेला भएको बताए । लेकालीले उषाको दोस्रो मुक्तक सङ्ग्रह नेपाली मुक्तक साहित्यको क्षेत्रमा ससक्त कृति भएको बताए।
कार्यक्रममा पुस्तकमा योगदान गर्ने सर्जकहरू राधा कार्की, राजन कार्की, जितेन्द्र रसिक, प्रमोद प्रधान, गोविन्दमान कार्की, निशा के.सी. जितेन्द्र रसिक, प्रमुख अतिथि रामकाजी कोने, लगायतलालाई मायाको चिनो वितरण गरिएको थियो । साथै साहित्यिक पत्रकार संघले लेखक र लेखककी आमा माकुरी पौडेलाई सम्मान गरेको छ । कार्यक्रममा समाजसेवी धन लोहरालाई नगद रू १५ हजार सहित लेखककी आमाले नगद पुरस्कार प्रदान गरे । मुरारी सिग्देलले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकारहरू राजबाबु श्रेष्ठ सागर, ललिता दोषी, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल,जानु दाहाल, नम्रता उप्रेती लगायत ६० जना भन्दा बढी सर्जकहरूको उपस्थिति रहेको थियो ।
News Desk 0 response शुक्रबार, असार १०, २०७९

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



