

-
संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गरेका छन्।
उनले यस्तो जघन्य अपराध नगर्न भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरेका छन् । नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका थिए ।
सो हिंसाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् । महासचिव गुटर्रेसले एक विज्ञप्ति प्रकाशन गरेर यस्ता कार्य मानवीय अपराध भएको भन्दै आगामी दिनमा यस्ता हिंसात्मक कार्य कसैले पनि दोहो¥याउन नहुने बताएका हुन्।
नाइजेरियाको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस क्याथोलिक चर्चमा भएको सो रक्तपातमा त्यहाँको जिहादी समूहको हात रहेको बताइएको छ । सो समूहले पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन ।
सो चर्चमा उपस्थित सर्वसाधारणहरुमाथि हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउनु पहिले चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ २४, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


