

-
काठमाडौ ।
लोकसेवा आयोगद्वारा लिइने परीक्षाहरुलाई केन्द्रित गरी प्रशिक्षित गराउने उदेश्यले अनामनगर भाटभटेनीको पूर्वपट्टी अवस्थित नालान्दा फाउन्डेशनले विविध परीक्षाहरु प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालबाट शुभारम्भ गरेको छ । नेपालका ख्यातिप्राप्त प्रशिक्षकहरु संलग्न गराई लोकसेवाका सम्पूर्ण परीक्षाहरु, बैकिङ्ग क्षेत्र, प्राविधिक तर्फ इन्जिनियर, सभओभरसियर, जेटिए, कम्युटर अपरेटरसहित विशेषगरी भर्खरै खुलेका स्थानीय तहका चौथों, पाँचौ र छैठौं तहलाई महत्व दिएर फाउण्डेशनले आफ्नो कक्षाहरु सुचारु गरेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २३, २०७६
फाउण्डेशनद्वारा सञ्चालित लोकसेवा परीक्षाको कक्षा सुभारम्भमा अध्यक्ष दाहालले नेपालको प्रशासनिक इतिहासमा ठुलो तहमा रोजगारीको अवसर खुलेको सन्दर्भ उल्लेख गर्दै युवा पुस्ताहरुलाई विधिको शासन स्थापित गर्न र मुलुकलाई समृद्धतर्फ उन्मुख गराउन पनि युवावर्ग लोकसेवामार्फत प्रशासन क्षेत्रभित्र प्रवेश गर्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष दाहालले काँधमा जिम्मेवारी, काममा इमान्दारी र मष्तिष्कमा समझदारी राख्दै युवावर्गले सेवा प्रवेश गर्नुपर्ने आजको आवश्यता भएको सन्दर्भ उल्लेख गर्नुभयो । मुलुकमा अब निराशा होइन उत्साह जगाउनपनि युवावर्ग नालान्दा फाउण्डेशनको कक्षामा प्रवेश गरी लोकसेवा पास गर्न सक्षम हुन सक्नुहोस् भन्दै सम्पूर्ण लोकसेवामा सहभागि हुनुहुने युवाहरुलाई शुभकामना दिनुभयो । दाहालले ख्यातिप्राप्त प्रशिक्षकहरु सम्मिलित गराई लोकसेवा सञ्चालन गर्ने अभियानमा लागेको नालान्दा फाउण्डेशनले धेरै भन्दा धेरै युवा वर्गहरुलाई प्रशासन क्षेत्रमा प्रवेश गराउन सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभएको थियो । त्यसैगरी कक्षामा सहभागि भएकाहरुलाई लोकसेवा पास गर्न समयको महत्व बुझ्ने र निरन्तर अध्ययनमा लागे सफलता टाढा छैन भन्ने कुरा बतउनुभयो । नालान्दाले सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशासन र प्राविधिक दुवै तर्फका कक्षाहरु सञ्चालन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



