

-
काबुल अफगानिस्तानमा तत्कालीन तालिवान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झण्डै नौ लाख मानिसले जागिर गुमाएका छन् ।
अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विषेश निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो ।विषेश गरेर विगतका काम गर्दै आइरहेका महिलाहरूले अहिले काम गर्न नपाएकाले रोजगारी गुमाएकाहरूको सङ्ख्या धेरै देखिएको बताइएको छ ।
अहिले गरिबी पनि बढेको र लाखौँ मानिस भोकमरी र अभावको चपेटामा रहेको निरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार सन् २०२१ को तेस्रो चौमासिकमा पाँच लाखले रोजगारी गुमाएका थिए । बाँकीले त्यसपछिको समयमा गुमाएका हुन ।
झण्डै चार दशकको आन्तरिक द्वन्द्वमा परेको अफगानिस्तानमा अहिले शान्ति स्थापना हुने अपेक्षा गरिएपनि असन्तुष्टि भने प्रकट भइरहेको छ ।
तालिवान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा वाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन् ।
News Desk 0 response मङ्लबार, बैशाख २७, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


