• टोकियो : जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी) ले स्थानीय समय अनुसार विहान ११: ५३ बजे भूकम्प गएको हो ।

    भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

    अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ ।
    जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।