• काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय २१ जनाको नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    थप १८ जना कोरोना सङ्क्रमित संक्रमणमुक्त भएसँगै अहिले नेपालमा दुई सय १७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

    यसैबीच पछिल्लो २४ घण्टामा ३० हजार ६ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।