

-
रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गर्न थालिएको छ । बलात्कारका घटना अत्याधिक बढेपछि बलात्कृत किशोरी तथा महिलाहरुले अनिच्छित गर्भको पनि सामाना गर्न नपरोस् भनेर दातृ संस्थाहरु आपत्कालीन गर्भनिरोधक चक्की पिल्स उपलब्ध गराउन लागिपरेका बीबीसीले जनाएको छ ।
इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसनले झण्डै तीन हजार प्याकेट पिल्स उपलब्ध गराएर स्वयम्सेवकहरुले बाँढीरहेका छन् । बलात्कारको कारण गर्भवती बन्नु अभिशाप जस्तै हुने भएकोले पिल्स वितरणलाई जोड दिइएको वितरण कार्यमा संलग्न क्यारोलिन हिक्सनले बताउनुभएको बीबीसीले जनाएको छ । किशोरी तथा महिलाहरु बलात्कारमा परेको पाँच दिनभित्र सम्पर्कमा आएमा स्वयंसेवकले नै पिल्स दिने गरेको र ढिला गरी आएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा पिल्स दिने गरेको उनले बताए ।
अहिले वितरण भइरहेको चक्की गर्भाधारण भएको २४ हप्तासम्म प्रयोग गर्न सकिन्छ । युक्रेनमा युद्ध शुरु भएपछि संयुक्त राष्ट्र संघको जनसंख्या कोषले पनि मातृत्व सम्बन्धी औषधि उपलब्ध गराइरहेको छ ।
News Desk 0 response शनिबार, बैशाख १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


