• काठमाडौं : चीनको वित्तीय राजधानीको रुपमा परिचित सांघाईमा कोरोना भाइरस संक्रमणको दर तीब्र गतिमा बढेको छ । संक्रमितको संख्या अत्याधिक भएपछि अहिले सांघाईमा लकडाउन गर्न र अन्य कदम चाल्ने तयारी भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सांघाईमा अहिले कोरोना संक्रमितको घर अगाडि विद्युतीय घन्टी राखिएको छ भने अन्य मानिसको घरलाई डिस्इनफेक्ट पनि गरिएको छ । त्यस्तै, सर्वसाधारण नागरिकलाई घर भन्दा बाहिर ननिस्किन पनि आदेश दिइएको छ ।

    यता, सांघाईका अधिकारीहरुले संक्रमित र उनीहरुको संपर्कमा आएका नागरिकलाई सरकारी क्वार्टरमा राखिएको जानकारी दिएका छन् । संक्रमितहरुलाई घरबाट अस्थायी रुपमा निकालिएको छ । सांघाईमा अहिलेसम्म ४ लाखभन्दा धेरै मानिस कोरोना भाइरस संक्रमित भेटिएका छन् भने ३६ जनाको कोरोना भाइरस संक्रमणकै कारण निधन भइसकेको छ ।