

-
रुसले युक्रेनको मारिओपोल सहर कब्जा गरेको घोषणा गरेको छ । लामो समयदेखि ठूलो लडाइँ चलिरहेको मारिओपोलको एजोभस्टल स्टिल कारखाना पनि कब्जा गरेसँगै रुसले सहर नै आफ्नो नियन्त्रणमा आएको बताएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले मारिओपोल सहरले मुक्ति पाएको भन्दै खुसी व्यक्त गरेका र अब कारखाना बन्द गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ । स्टिल कारखानामा अझै झन्डै दुई हजार जना युक्रेनी सेना सुरुङमुनि बसिरहेका अनुमान गरिए पनि अब आक्रमण र बम वर्षा नगर्न पनि पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई निर्देशन दिएका छन् । तर उनले कारखानाबाट एक जना व्यक्ति पनि भाग्न नपाउने निश्चित गर्न सेनालाई निर्देशन दिएका खबरमा उल्लेख छ ।
मारिओपोलका बाँकी ठाउँ अघिल्लो हप्ता नै कब्जा गरे पनि रुसले एक विशाल स्टिल कारखाना नियन्त्रणमा लिन सकेको थिएन । रुसले यसअघि तीन पटकसम्म आत्मसमर्पणको अल्टिमेटम दिए पनि युक्रेनी सेनाले आत्मसमर्पण गरेका थिएनन् ।
News Desk 0 response बिहिबार, बैशाख ८, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


