

-
युक्रेनको मरिपोल सहरमा रहेको एक मात्र सैन्य क्याम्पका कमान्डरले आफूहरूलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । मेजर सेर्ही भोलिनाले एउटा भिडियो सन्देश पठाउँदै आफूहरूको क्याम्पमा रहेका झन्डै पाँच सय घाइते सेना र आश्रय लिइरहेका झन्डै एक लाख गैरसैनिकलाई मरिपोल सहरबाट बाहिर निकाल्न सहयोगका लागि आह्वान गरेको बीबीसीले जनाएको छ ।
रुसको रक्षा मन्त्रालयले मरिपोलमा रहेका सैनिकहरूलाई जीएमटी ११ अर्थात् नेपाली समयअनुसार आज बेलुकी पौने पाँच बजेसम्मको समय दिएको छ । सैन्य कमान्डरले रुसले दिने यो सम्भवतः अन्तिम समय हुन सक्ने भन्दै त्यहाँ रहेका घाइते सेना र गैरसैनिकलाई बाहिर निकाल्न सहयोगका लागि आग्रह गरेका हुन् । उनले आफूहरूले अन्तिम समयसम्म पनि आत्मसमर्पण भने नगर्ने बताएका छन् ।
मारिपोलमा ठूलो सङ्ख्यामा रुसी सैनिक रहे पनि अझैसम्म सहर कब्जा गर्न भने नसकेको मारिपोल नगर परिषद्लाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिपोलको अवस्था निकै कठिन रहेको भन्दै दशौँ हजार मानिसको भविष्य अन्योलमा परेको बताएका छन् । रुसको आक्रमणका कारण मरिमोल सहरका सबैजसो संरचना ध्वस्त भएका छन् ।
News Desk 0 response बुधबार, बैशाख ७, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


