• एलभिभ : रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनमा थप छ जनाको मृत्यु भएको छ ।

    अधिकारीहरूले अरु आठ जना घाइते भएको पनि जानकारी दिएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने एलभिभ सहरमा सोमबार आक्रमण भएको अधिकारीहरूले जनाएका छन् ।

    क्षेत्रीय गभर्नरले दिएको जानकारी अनुसार यस आक्रमणलाई अस्वभाविक र अप्रत्याशित मानिएको छ ।

    “अहिलेसम्म हामीले कम्तीमा छ जनाको मृत्यु भएको र अरु आठ जना घाइते भएको पुष्टि गर्न सक्छौँ,” उनले भने ।

    घटनामा परेका मध्ये केही बालबालिका समेत रहेको पनि उनले जानकारी दिए ।