

-
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ । रुसले युक्रेनमा गरेको आक्रमण र बुचा सहरमा भएको घटनापछि पछिल्लो प्रतिबन्ध घोषणा गरिएको हो ।
केही दिन अगाडि युुक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा मानिसका शव रहेको दृश्य सार्वजनिक भएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई युक्रेनको स्वार्थपूर्ण उत्तेजनाको संज्ञा दिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि लगाइएको थप प्रतिबन्धको स्वागत गरेका छन् । तर यी प्रतिबन्ध पर्याप्त नरहेको जेलेन्स्कीको टिप्पणी छ । उनले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा देशहरुलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।
साथै उनले रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्णरूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २४, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


