• काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमित भेटिएका छन्। पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय ७१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ८६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा एक हजार एक सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    यसैबीच पछिल्लो २४ घण्टामा ५० हजार एक सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।