

सगरमाथाको उचाई नाप्न दुई कर्मचारी चैत्र अन्तिममा चुचुरोमै पुग्ने
विक्रम संवत २०१० मा सर्वे अफ इन्डियाले नापेर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । त्यसपछि २०५५ मा अमेरिकाले ८ हजार ८ सय ५० मिटर र २०६१ मा चीनले ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी उचाइ मापन गरेको थियो ।
-
काठमाडौं ।
संसारकै अग्लो चुचुरोको नयाँ उचाइ मापन गर्न नेपाल सरकारका दुई कर्मचारी चैतको अन्तिमसाता सगरमाथा आरोहण गर्ने भएका छन् । २०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको भन्दै भ्रम सिर्जना भएपछि विगत एक वर्षदेखि विभागले उचाइ मापन गरिरहेको छ । २५ करोड रुपैयाँ लागतमा अघिल्लो वर्ष फागुनदेखि मापन थालेको विभागले हालसम्म करिब ६५ प्रतिशत स्थलगत काम सकिएको जनाएको छ । आगामी ९ महिनाभित्र सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने विभागको तयारी छ ।
२०७२ को भुकम्पपछि ८ हजार ८ सय ४८ मिटरको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भएको भन्ने भ्रम सिर्जना भएपछि सरकार आफैले नयाँ उचाइ मापन गरिरहेको छ । उचाइ मापनका लागि सगरमाथाको चुचुरोसम्मै पुग्नुपर्ने भएकाले विभागका दुईजना कर्मचारी त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की चैतको अन्तिम साता सगरमाथा चढ्ने तयारी छ ।
बंगालको खाडी सगरमाथाको सुरु आधारविन्दु रहे पनि जयनगरसम्म भारतले यसअघि नै मापन गरिसकेकाले हाल विभागले सिरहाको माडरबाट सगरमाथा उचाइ नापिरहेको छ । टोलीले सोलुखुम्बुको पताले सम्म लेवलिङको काम सम्पन्न गरेको विभागको भनाई छ । उचाइ मापनका लागि सोलुखुम्बु, संखुवासभा, भोजपुर र खोटाङमा पर्ने २ सय ८५ मध्ये २ सय ३० विन्दुमा सर्वेको काम सकिएको छ ।विक्रम संवत २०१० मा सर्वे अफ इन्डियाले नापेर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम गरेको थियो । त्यसपछि २०५५ मा अमेरिकाले ८ हजार ८ सय ५० मिटर र २०६१ मा चीनले ८ हजार ८ सय ४४ र ४७ मिटर गरी दुइथरी उचाइ मापन गरेको थियो ।
News Desk 0 response शुक्रबार, चैत्र २२, २०७५

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



