

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या आवश्यकता भन्दा कमः गृहमन्त्री
कि प्रहरीको संख्या थप्नुपर्छ कि उनीहरुलाई आधुनिकिकरण गर्न सके कम जनशक्तिबाटै काम चलाउन सकिने थापाको भनाई छ ।
-
काठमाडौँ ।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या आवश्यकता भन्दा कम नै रहेको गृहमन्त्री रामवहादुर थापाले बताएका छन् । कि प्रहरीको संख्या थप्नुपर्छ कि उनीहरुलाई आधुनिकिकरण गर्न सके कम जनशक्तिबाटै काम चलाउन सकिने थापाको भनाई छ ।
सुरक्षा र प्रविधिमा लगानी गरेका मुलुकलेमात्रै विकासमा फड्को मारिरहेको भन्दै थापाले विकासको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको बताए ।थापाले अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न गृहमन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालयमा २०७५÷७६को दोस्रो चौमासिक सम्मको कार्यप्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिए ।
बैठकमा मन्त्रालयको पूँजीगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायलाई निर्देशन दिए ।
अहिले आन्तरिक सुरक्षा प्रमुख बिषय रहेको भन्दै प्रहरीमा थप लगानी बढाउनुपर्नेमा थापाले जोड दिए ।
News Desk 0 response बुधबार, चैत्र २०, २०७५कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले पूँजिगत खर्च कम खर्च हुनुको कारण खौज्दै समाधान निकाल्न निर्देशन दिएका छन् । बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभाग, प्रहरी किताबखानालगायतका निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



