

-
काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् ।एक अनुभवी रुसी सुधारकको रूपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् ।
राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रूपमा रुसी जलवायु दूतको रूपमा काम गरेका थिए ।ब्लुमबर्गको एक रिपोर्ट अनुसार ६६ वर्षीय एनातोली सन् १९९० को दशकको रुसको आर्थिक सुधारकको रूपमा चिनिन्छन् ।
उनले पुटिन सरकारसँग निकट रहेर काम गरेका थिए र पश्चिमा देशका अधिकारीहरूसँग घनिष्ठ सम्बन्ध बनाएका थिए । सन् १९९० को दशकमा रुसमा निजीकरण योजना भित्राउने व्यक्तिको रूपमा उनी चिनिन्छन् ।
पुटिनसँग निकट रहेकाले पनि एनातोली धेरै सरकारी कम्पनीहरूका उच्च ओहोदामा रहेर काम गरेका थिए ।रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि सरकारको घरेलु आलोचकहरू बढेका छन् ।
गत हप्ता मात्रै युक्रेनमा गरिएको आक्रमणको विरोध जनाउँदै दिमित्री मेदभेदेवका वरिष्ठ आर्थिक सल्लाहकारको रूपमा काम गरेका अर्केदी दोर्कोभिचले सरकार समर्थित स्कोल्कोभो टेक्नोलोजी फण्डको प्रमुख पदबाट राजीनामा दिएका थिए ।अर्केदी युक्रेनमा गरिएको आक्रमणको विरोधमा बोल्ने केही पूर्व वरिष्ठ अधिकारीहरूमध्ये एक हुन् ।
News Desk 0 response बिहिबार, चैत्र १०, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


