

-
कीभ : रुस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन् ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, ‘मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ । सुरक्षा ग्यारेन्टी, रुसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’ ।’
यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले रुसी हवाई सुरक्षा प्रणालीले शुक्रबार राति पनि ६९ युक्रेनी सैनिक केन्द्रहरूमा प्रहार गरेको बताएका थिए।
उनका अनुसार त्यसमा चार वटा कमान्ड पोस्ट र चार वटा एन्टि–एयरक्राफ्ट मिसाइल प्रणाली रहेका छन् । यसैबीच अमेरिकाले रुसले प्रयोग गर्ने १०० विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने बताएको छ ।द किभ इन्डिपेन्डेन्टअनुसार यी मध्ये एउटा हवाईजहाज रुसी अर्बपति रोमन अब्रामोभिचको हो ।
संयुक्त राज्य अमेरिकाको पेन्टागन प्रमुख लोइड अस्टिनले युक्रेनमा आफूहरूले न त युद्धमा प्रत्यक्ष संलग्न हुनेछन् न यूक्रेनी आकाशलाई रुसी उडान विरोधी क्षेत्र स्थापना गर्ने बताए ।
युक्रेनका सशस्त्र फौजका जनरल स्टाफका अनुसार रुसले युक्रेनविरुद्धको आक्रमणको समर्थन गर्न आर्मेनियाको १०२ औँ रुसी सैनिक बेसबाट आफ्नो फौज तैनात गर्ने योजना बनाएको थियो तर फेब्रुअरी २४ मा रुस निकट मानिने डोनेट्स्क र लुहान्स्कका नागरिकले सुरक्षाको लागि मदत मागेपछि रुसले युक्रेनमा विशेष सैन्य परिचालन सुरु गरेको रुसले दाबी गर्दै आएको छ ।
रुसले युक्रेनमा आफ्नो सैन्य परिचालन रोक्न अन्तर्राष्ट्रिय समुदायबाट अत्यधिक दबाबको सामना गर्दै आएको छ । रुसको आक्रमणपछि युक्रेनबाट हजारौँ शरणार्थीहरू छिमेकी देशहरूबाट पश्चिमी मुलुक प्रवेश गरेका छन् ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


