• लेगोस : बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ ।

    बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए ।

    नाइजरका प्रहरी प्रमुख बाला कुर्यासले तीन प्रहरी अधिकृतहरु पनि मारिएको पुष्टि गरे ।

    घटनामा परी स्थानीय प्रतिकार समूहका सदस्यहरु पनि मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    सरकारी अधिकारीहरुले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन् ।

    नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन् ।