

-
काठमाडौं । पूर्वमन्त्री रबीन्द्र श्रेष्ठले भ्रष्टचार निर्मूल पार्न घुँडा मुनी गोली हान्ने आदेश दिनु पर्ने बताएका छन् । फेसबुक स्टाटसमा उनले यस्तो अभिब्यक्ति दिएका हुन् ।
उनले लेखेका छन् –
सरकारले भ्रष्टाचारीहरुलाई संगठित अपराधिक समूह घोषणा गरेर कारवाही अभियान थालेको भए के हुन्थ्यो होला ? भ्रष्टाचारीहरुलाई पनि घुँडा मुनि गोली हान्ने आदेश सरकारले दिएको भए कस्तो हुन्थ्यो होला ? भ्रष्टाचारीहरुलाई पनि चैत भित्र भ्रष्टाचार गरेको सम्पति लुरु लुरु आएर बुझाउन अल्टिमेटम दिएको भए कस्तो होला ?
सरकारले गर्नुपर्ने यस्तो हो ।
किनभने भ्रष्टाचार भनेको दुई वा दुई भन्दा वढी मिलेर मात्र गरिने अपराध हो । यसले नेपालको लोकतान्त्रिक गणतन्त्रको वदनाम गरिरहेकोछ । यसले नेपाली जनताको रगत पसिनामाथि शान्तिपूर्ण तरिकाले डकैति गरिरहेकोछ । यस्तो अपराधमाथि सरकारले प्रतिवन्धको घोषणा गरेर ठुलो प्रहरी अपरेशन गर्नु पर्दथ्यो ।यसो गरेको भए भ्रष्टाचारीहरु अहिले भागाभाग भैसकेका हुनेथिए ।
News Desk 0 response बुधबार, चैत्र १३, २०७५
कयौं भ्रष्टाचारीहरु गिरफ्तार भैसकेको हुनेथियो । कयौंले आत्मसमर्पण गरिसकेको हुनेथियो । कयौं भ्रष्टाचारीहरु सुरक्षाकर्मीहरु संगको दोहोरो मुठभेडमा घाइते भैसकेको हुनेथियो । भ्रष्टाचार गरेर ल्याएको सम्पतिमा मोजमस्ती गरिरहेका भ्रष्टाचारीका श्रीमान श्रीमती छोरा छोरीहरुमा रुवावासी चलिरहेका हुनेथियो ।
नेपालका वहुसंख्यक जनतामा खुशीयालीको लहर आउने थियो । सरकारको जयजयकार भैरहेको हुनेथियो ।
तर सरकारले अहिले सम्म यस्तो हिम्मतीलो घोषणा गर्न सकेको छैन । चाहेको छैन । यसको गम्भीर रहस्य समयक्रममा खुल्दै जानेछ ।

सम्बन्धित शीर्षकहरु
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न..
मङ्लबार, बैशाख ८, २०८३ -
झन्डै २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ र..
मङ्लबार, बैशाख ८, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
सोमवार, बैशाख ७, २०८३ -
आज अक्षय तृतीया : सातु र सर्वत..
सोमवार, बैशाख ७, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३



