

-
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता सफलतातिर उन्मुख भएको बताएका छन् । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले चलिरहेको वार्ता यथार्थपरक बन्दै गएको र सहमतीका लागि भने अझै केही समय चाहिने बताएका बीबीसीले जनाएको छ ।
फेसबुकमा पोस्ट गरेको भिडियो सम्बोधनमा उनले रुसमाथि विजय प्राप्त गर्नका लागि वार्ता टोलीसहित सबै युक्रेनी नागरिकको एकीकृत प्रयास चाहिने बताएका छन् । रुसले वार्तामा युक्रेनले सार्वजनिक रुपमा नै सैन्य गठबन्धन नेटोमा सामेल नहुने घोषणा गर्नु पर्ने र डोनेट्स्क, लुहान्स्क र क्राइमियालाई औपचारिक रुपमा नै युक्रेनले आफूबाट छुट्टीएका प्रान्तका रुपमा स्वीकार गर्नु पर्ने माग गरेको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हिजो आफ्नो देश अब नेटोमा सामेल नहुने बताएका थिए । यसैबीच युक्रेनका राष्ट्रपती जेलेन्स्कीलाई भेट्न तीनवटा छिमेकी देशका प्रधानमन्त्रीहरु सुरक्षा चुनौतीकै बीच राजधानी किभ पुगेका छन् । पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु किभ पुगेर जेलेन्स्कीसँग भेट गरेका बीबीसीले जनाएको छ ।
किभमा जारी कर्फ्युकै बीच पुगेका छिमेकी देशका प्रधानमन्त्रीहरुले आफ्नो साथ र समर्थन युक्रेनमा रहेको बताएका छन् । युरोपियन युनियनले प्रधानमन्त्रीहरुको यात्राका लागि गम्भीर सुरक्षा चुनौती रहेको चेतावनी दिएको थियो । तर उनीहरु जेलेन्स्कीलाई भेट्न युक्रेन पुगेका हुन् । विमानमा यात्रा गर्दा रुसको तर्फबाट जोखिम हुने भएकाले तीन देशका प्रधानमन्त्रीले जोखिम उठाएर रेल यात्रा गरेर किएभ पुगेका बीबीसीले जनाएको छ । युक्रेनले उनीहरुको साहसका लागि धन्यवाद दिएको छ । रुसले युक्रेनमाथि २१ दिनदेखि लगातार आक्रमण गरिरहेको छ ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


