

-
संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघले कोभिड–१९ को रोकथामका लागि कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बिहीबारको बैठकले सो कुरामा जोड दिएको हो ।
सो परिषदमा आयोजित अर्को एक अन्तरक्रिया कार्यक्रममा कोभिडका विरुद्धमा हाल उपलब्ध रही आएको यो खोप विश्वका सबै देशमा उत्तिकै रुपमा पहुँचयोग्य र उपलब्ध हुनुपर्नेमा जोड दिइएको हो ।संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदका प्रमुख माइकल ब्याकलेटले भने– यो खोप सबै नागरिकले प्राप्त गर्न पाउने अधिकारबाट कोही पनि बञ्चित हुनुहुदैन । सबै नागरिकलाई कोभिडको खोप उत्तिकै उपलब्ध हुनुपर्ने आवश्यकता छ ।
कोभिडको नियन्त्रण र व्यवस्थापनमा विश्वका सरकारहरुका प्रयासका बारेमा पनि सो बैठकमा छलफल भएको थियो । विश्वका सरकारहरुले यसका लागि संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी रहेको बताइएको थियो ।
हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाउनु जरुरी रहेको पनि सो बैठकमा बताइएको थियो ।
कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियानकर्मी, सेवाकर्मीले अनवरतरूपमा दुवै चरणको संक्रणमा आफ्ना तर्फबाट सेवा पु¥याएको सो अवसरमा बताइएको थियो ।
यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी रहेको उल्लेख गर्दै रोकथाममा संलग्नहरूको स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुनसमेत सो बैठकले विश्वका देशहरुलाई आग्रह गरेको थियो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २७, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३
-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


