

-
भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिले मतगणना चलिरहेको हो ।
यी पाँच राज्यको विधान सभा चुनावको नतिजा अबको केही घण्टामा आउने भारतीय सञ्चारमाध्मयले जनाएका छन् । अहिलेसम्मको गणनामा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा सत्तारुढ भारतीय जनाता पार्टी (बीजेपी) को सरकार बन्ने देखिएको छ ।
पन्जाबमा भने आम आदमी पार्टीले भारी बहुमतका साथ सरकार बन्ने देखिएको छ । भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल आम आदमी पार्टीले पन्जाबमा सरकार बनाउने देखिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लिएको विकास र सुशासनलाई पन्जाबका नागरिकले प्रश्रय गरेका हुन् ।
भारतको चुनाव आयोगका अनुसार मतगणना सार्वजनिक कुन पार्टीको कुन राज्यमा कस्तो स्थिति छ भनेर यहाँ उल्लेख गरिएको छ ।
उत्तर प्रदेश
उत्तर प्रदेशको चार सय तीन विधान सभा सिटमा बीजेपीले दुई सय ५१ सिट जित्ने देखिएको छ । उसले ३३ सिट जितिसकेको छ भने दुई सय १८ सिटमा अग्रता लिइरहेको छ । यस्तै समाजवादी पार्टी एक सय १५ सिट जित्ने देखिएको छ । उसले तीन सिट जितिसकेको छ भने एक सय १२ सिटमा अग्रता लिइरहेको छ । बहुजन समाज पार्टीले एक र प्रमुख प्रतिपक्ष कांग्रेस आईले भने दुई सिट जित्ने देखिएको छ । अपना दल ९सोनेलाल० ले १२ सिट जित्ने देखिएको छ ।
पन्जाब
पन्जाबको एक सय १७ विधान सभा सिटमा आम आदमी पार्टीले ९२ सिट जित्ने देखिएको छ । उसले ८३ सिट जितिसकेको छ भने नौ सिटमा अग्रता लिइरहेको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्ने देखिएको छ । उसले १४ सिट जितिसकेको छ भने चार सिटमा अग्रता लिइरहेको छ । शिरोमणि अकाली दलले तीन र बीजेपीले दुई सिट जित्ने देखिएको छ ।
उत्तराखण्ड
उत्तराखण्डको ७० विधान सभा सिटमा बीजेपीले ४७ सिट जित्ने देखिएको छ । उसले २० सिट जितिसकेको छ भने २७ सिटमा अग्रता लिइरहेको छ । यस्तै कांग्रेसले १९ सिट जित्ने देखिएको छ । उसले ६ सिट जितिसकेको छ भने १३ सिटमा अग्रता लिइरहेको छ । यहाँ बीएसपीले दुई सिट जित्ने देखिएको छ ।
गोवा
गोवमा ४० विधान सभा सिटमध्ये बीजेपी २० सिट जितेर सरकार बनाउन गइरहेको छ । यहाँ कांग्रेसले ११ सिट जित्न सक्ने देखिएको छ । आम आदमी पार्टीले पनि यहाँ दुई सिट जित्ने देखिएको छ ।
मणिपुर
मणिपुरको ६० विधान सभा चुनावमा बीजेपीले २९ सिट जित्ने देखिएको छ । उसले १६ सिट जितिसकेको छ भने १३ सिटमा अग्रता लिइरहेको छ । यहाँ कांग्रेसले चार र जनता दल युनाइटेडले सात सिट जित्ने देखिएको छ ।
एजेन्सी 0 response बिहिबार, फाल्गुन २६, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३
-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


