

-
जेरुसेलम : इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले आइतबार देशले अत्यधिक सङ्क्रामक ओमिक्रोन संस्करणको लहरको अन्त्य देख्न थालेको बताएका छन् ।बेनेटले आफ्नो मन्त्रीपरिषद्को बैठकमा भने, ‘हामी ओमिक्रोन लहर अन्त्य हुने प्रवृत्तिको सुरुवात देख्दैछौं ।’ बेनेटले सतर्कतापूर्वक आफू ओमिक्रोनलाई छिट्टै परास्त गर्नेमा आशावादी रहेको दृष्टिकोण व्यक्त गरे ।
हाल इजरायलले अस्पतालहरूमा भीड नभएको तर धेरै सङ्क्रमित मानिसहरूको सामना गरिरहेको उनले बताए ।इजरायली स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जारी गरेको रिपोर्टमा कोरोनाभाइरस सङ्क्रमण दर महिनौपछि पहिलो पटक एक प्रतिशतभन्दा कम भएको उल्लेख गरिएको छ ।
रिपोर्टअनुसार यो भाइरसबाट संक्रमित हुने अनुमान गरिएका मानिसहरूको संख्याको प्रतिनिधित्व गर्ने दर (आर नम्बर) जनवरीको मध्यतिर २.१२ पुगेको थियो भने यो आइतबार ०.९५ कायम भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ४५ हजार २५८ नयाँ कोरोनभाइरस सङ्क्रमित भेटिएको पुष्टि गरेको छ ।कूल ९४ लाख ५० जनसंख्या रहेको मुलुकमा अहिलेसम्म २७ लाख ५५ हजार जनामा कोभिड सङ्क्रमण भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
इजरायलमा भाइरसका कारण मृत्यु हुनेको संख्यामा थप एक वृद्धि हुँदा कूल मृत्यु हुनेको सङ्ख्या आठ हजार ६५८ पुगेको छ भने गम्भीर अवस्थामा रहेका कोभिड–१९ बिरामीको संख्या एक हजार १० पुगेको छ ।
News Desk 0 response सोमवार, माघ १७, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


