

प्रतिवेदन भन्छ, ‘कर्मचारी ट्रेड युनियनका कारण भ्रष्टाचार बढेको छ’
हरेक साता अख्तियारले दर्ता गर्ने गरेका मुद्दा मात्र होइन, घुससहित समातिएका कर्मचारीका समाचारले पनि अख्तियारको सक्रियता बढेको देखिन्छ।
-
कर्मचारी पृष्ठभूमिकै नवीनकुमार घिमिरे अहिले अख्तियारका प्रमुख आयुक्त छन्। सुरुमा कार्यवाहकको जिम्मा पाएका घिमिरेलाई ४ असोज ०७५ मा उनलाई प्रमुख आयुक्तको रुपमा नियुक्त गरिएको हो। उनै घिमिरेको नेतृत्वले सार्वजनिक गरेको प्रतिबेदनले दलीय कर्मचारी ट्रेड युनियनका कारण भ्रष्टाचार बढेको देखाएको छ ।
नेपालमा भ्रष्टाचार र सुशासनको अवस्था र नेपाल सरकारद्वारा सञ्चालन भएका आयोजनामा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण घिमिरेले अहिलेसम्मका सबैभन्दा ठूला उपलब्धि हुन्। पछिल्लो अध्ययनले नेपालमा अहिलेसम्म ठेक्का लागेर काम सम्पन्न नभएका आयोजनाको अभिलेखीकरण गरेको छ।
एक खर्ब १८ अर्ब रुपैयाँमा ठेक्का लागेका एक हजार ३२ ठेक्का अलपत्र रहेका अध्ययनले देखाएको छ। यी ठेक्कामा सरकारले दिएको २४ अर्ब पेस्की कामै नगरी निजी क्षेत्रले चलाइरहेको छ। २० माघमा अख्तियारले आयोजना गरेको ठेक्कासम्बन्धि अन्तरक्रियामा प्रमुख आयुक्त घिमिरेले मन्त्रालयका सचिवहरुलाई यो विषयमा जानकारी गराए। उनले सचिवहरुलाई सबै मन्त्रालयमा भएका यस्ता विकृति नियन्त्रण गर्नसमेत सचेत गराए।
यो बीचमा अख्तियारले स्रोत नखुलेको सम्पत्ति अनुसन्धानको विषयमा नयाँ कार्यविधि लागु गरेको छ। पहिला अख्तियारले बोलाएर फर्म भर्न लगाउँथ्यो। फर्म भरेपछि मात्र यस विषयमा अनुसन्धान अघि बढ्दथ्यो। अख्तियारको अनुसन्धानमा आरोपित व्यक्ति आफैंले प्रमाण पेस गर्नुपर्ने पुरानो व्यवस्थाका कारण यसो गरिएको हो। अहिले भने आधारभूत अनुसन्धानपछि मात्र फर्म भर्न बोलाउने गरिएको छ।
प्रमुख आयुक्त घिमिरेले यस्तो व्यवस्थापछि फर्म भर्न बोलाइएका सबैजसो कर्मचारीलाई कारबाही गर्न सकिने बताए। उनले भने, ‘हामीसँग सूचना मात्र हैन, अनुसन्धान अगाडि बढाएको विषयमा मात्र कर्मचारीलाई बोलाएर जानकारी लियौं भनेर यस्तो गरिएको हो। यस्तो व्यवस्थाले अख्तियारले कर्मचारीलाई तर्सायो भन्ने अवस्था आउँदैन।’
अख्तियारको क्रियाकलापलाई नजिकबाट हेरेका ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधान एक दशकपछि अख्तियार विस्तारै ठीक बाटोमा आउन थालेको बताउँछन्। उनले भने, ‘अख्तियारले अहिले केही गर्ला कि भन्ने आश जगाएको छ। सरकार र राजनीतिक दलले अख्तियारको काममा मलजल गर्ने हो भने यसको सक्रियता बढ्छ।’
भ्रष्टलाई कारबाही गर्दा राजनीतिक दवाबले दण्डहीनता बढेको छ । अख्तियारलाई पूर्ण स्वाधीन बनाउन सकेमात्र यसले सोचेजस्तो नतिजा दिन सक्छ। अख्तियारको आफ्नै प्रहरी र कर्मचारी नहुँदा अनुसन्धान प्रभावकारी हुन सकेन कि भन्ने प्रश्न उठेको छ। कर्मचारीको वृत्ति विकासका लागि अख्तियारले जसलाई यो नगर भनेको छ, त्यसैको भर पर्नुपर्छ।’
हालै त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका नासु श्यामकृष्ण श्रेष्ठविरुद्ध १४ करोड ६१ लाखको सम्पति स्रोत नखुलेको भन्दै अख्तियारले मुद्दा दर्ता गर्यो। अख्तियारका पूर्वप्रमुख आयुक्त पनि पछिल्लो समयमा अख्तियारको सक्रियता बढेको स्वीकार्छन्। भन्छन्, ‘सकारात्मक सोच राख्नुपर्छ। विस्तारै काम भएको छ। सुधारका काम पनि अघि बढेका छन्।’
News Desk 0 response बुधबार, फाल्गुन १, २०७५

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



