

-
रियाद : यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीहरुविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ ।
एक दिनपछि यमनको दक्षिणमा भागमा पर्ने रेड सी बन्दरगाह शहर होडेडामा ३२ विद्रोही र नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकारीहरूले बताएका छन् ।
साउदी नेतृत्वको गठबन्धनले सरकारको अन्तिम गढ मारिब सहरमा विद्रोहीहरुलाई हटाउने उद्देश्यले गत अक्टोबरदेखि लगभग दैनिक रुपमा गरेका हवाई आक्रमणमा उच्च संख्यामा विद्रोहीहरु मारिदै आएका सरकारी स्रोतले जानकारी दिएको छ ।
केही समययताबाट दैनिक रुपमा साउदी नेतृत्वको गठबन्धनले शुरु गरेको हवाई आक्रमणहरुमा तीन हजार भन्दा बढी विद्रोहीका मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । तर इरान समर्थित हुथीहरूले विरलै मात्र यस हताहतको टिप्पणी गर्ने गरेका पनि समाचारमा जनाइएको छ ।
यद्यपी एएफपीले गठबन्धनको विद्रोहीहरु मृतकहरुको तथ्याङ्कलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन् । गत शुक्रबार विद्रोहीहरूले होडेडाको दक्षिणमा रहेको एउटा ठूलो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोही विरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।
News Desk 0 response आइतवार, कार्तिक २८, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३
-
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


