• काठमाडौँ । नेपाली काँग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि राजधानीमा सुरु हुने भएको छ । दिउँसो २ बजे रत्नपार्क खुलामञ्चमा उदघाटन हुने कार्यक्रम भोलिदेखि बन्दसत्रमा परिणत हुनेछ ।
    उदघाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ ।
    महाधिवेशन उदघाटन कार्यक्रममा प्रधानमन्त्रीलाई निमन्त्रणा गरिए पनि प्रधानमन्त्री उपस्थित नहुने जनाइएको छ ।
    असोज २२ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् । प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।