

-
काबुल : अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ । अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारबाट सो कार्यक्रमको सुरुवात गरेको यहाँका एक स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती अधिकारीले उक्त कार्यक्रमलाई देशव्यापी बनाइने जानकारी पनि गराएका छन् ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफको सहयोगमा यो कार्यक्रमको सुरुवात गरिएको बताइएको छ । सोमबारदेखि सुरु भएको यो कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ । यो अभियानले यहाँका पाँच वर्षमुनिका ९० लाखभन्दा बढी बालबालिकालाई लक्ष्य गरेको बताइएको छ अफगानिस्तानका कार्यबाहक जनस्वास्थ्य मन्त्री क्वाल्दार अबादले देशमा पोलियोको उन्मुलनका लागि यो अभियान सञ्चालन गरिएको बताउनु भएको छ ।
अफगानिस्तानमा यसवर्ष मात्र कम्तीमा पनि ५६ जना पोलियो लागेका बालबालिका भेटिएका थिए । यहाँ पहिले पनि नेटो सैन्य सहयोगको सरकारले पोलियो खोप दिने कार्यक्रम पनि सुरुवात गरेको थियो । तर तालिबानहरुले विदेशी कार्यक्रम भनेर यसमा संलग्न हुने स्वास्थ्यकर्मीको हत्या गर्ने तथा आफ्ना बालबालिकालाई पोलियो थोपा नखुवाउन दबाब दिने गरेका थिए ।
News Desk 0 response मङ्लबार, कार्तिक २३, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३
-
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


