

-
खार्तुम : सुडानको सत्तामा सैनिक विद्रोह अर्थात् सैन्य ‘कु’ भएको भनिएको केही हप्तापछि यहाँका सैनिक प्रमुखले प्रजातान्त्रिक रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
यहाँ गत महिना सैनिक ‘कु’ भएको भनिए लगत्तै यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको समाचार सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई यहाँका सैनिक सिपाहीहरूले घरमै नजरबन्दमा राखेका थिए । यहाँका सैनिक प्रमुख अब्देल फताह अद बुर्दानले सुडानमा प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको कुरा आइतबार बताएका छन् ।
अरब लिगको प्रतिनिधिमण्डलसँग आइतबार उनले सो कुरा बताएका हुन् । उनले आफूले यहाँका राजनीतिक दलहरुलाई नै प्रजातान्त्रिक तवरबाट सत्ता हस्तान्तरण गर्न तयार रहेको सो प्रतिनिधिमण्डलसँग बताएका थिए ।अरब लिगका महासचिव होसाम जाकीको नेतृत्वमा सो प्रतिनिधिमण्डल उनलाई भेट्न आइतबार गएको थियो । अरब लिगले यसअघि पनि उनलाई सत्ता त्याग्न आग्रह गरेको थियो । आइतबार गएको सो प्रतिनिधिमण्डललाई उक्त कुरा बताएको महासचिव जाकीले जानकारी दिएका हुन् ।
यहाँ सेनाले अहिलेसम्म केही प्रतिक्रिया नदिएपछि प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । केही समययतादेखि यहाँ आन्दोलन जारी रहेको छ ।सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा असहज सम्बन्ध रही आएको बताइएको थियो ।
News Desk 0 response सोमवार, कार्तिक २२, २०७८

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


